परियोजनाः नेपाली मह मूल्य श्रृंखलाको लागि बजार पहुँच कार्यक्रम

नेपाल दक्षिण एशियाका सबैभन्दा उदार अर्थतन्त्रहरूमध्ये एक देश मानिन्छ। नेपालले भारत र चीनजस्ता तीव्र गतिमा बडिरहेका छिमेकी देशहरूसँग तुलनात्मक आर्थिक वृद्धिदर कायम राख चुनौतिहरूको सामना गरिरहेको छ। आर्थिक खुलापन भए तापनि उच्च आर्थिक प्रदर्शन गर्न नेपाललाई आवश्यक विकासको स्तर हासिल गर्न नसकेको अवस्था रहेको छ। उच्च जीडीपी (GDP) वृद्धिका लागि मुख्य अवरोधहरू विशेषत आपूर्ति पक्षमा रहेको सीमितता, कमजोर गुणस्तरको पूर्वाधार २ कमीर व्यावसायिक वातावरण रहेका छन्।

नेपाल व्यापार एकीकृत रणनीति २०८० (NTIS-2023 AD) से मह क्षेत्रलाई उच् नियति सम्भावना भएको उद्योगको रूपमा पहिचान गरेको छ। त्यसैगरी, कृषि विकास रणनीति २०७२-२०१२ (ADS 2015-2035 AD) ले महलाई विशेष वस्तु (niche commodity) को रूपमा मान्यता दिएको छ, जसको मूल्य श्रृंखलाकी थप अध्ययन र प्रवर्धन गर्न आवश्यक छ। व्यापार रणनीतिले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर र खाद्य स्वच्छता मापदण्डहरूको अंगीकरण र कार्यान्वयन मार्फत खाद्य स्वच्छता र गुणस्तरमा सुधारको आवश्यकता औल्याएकने छ। यसमा खाद्य स्वच्छता र गुणस्तर प्रमाणीकरणका लागि राष्ट्रिय प्रयोगशालाहरूको मान्यता सम्बन्धी कानून निर्माण, साथै ती प्रयोगशालाहरुको स्तरोन्नति र सुहद्धीकरण गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सक्ने बनाउने विषयहरु समावेश छन्। लघु, साना तथा मझौला उद्यमहरू (MSMEs) को आर्थिक विकास वृद्धि, रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन, दिगी औद्योगीकरण, तथा आर्थिक विविधिकरण र लचिलोपनमा योगदान गर्न अत्यन्त महत्वपूर्ण छ तर, MSMES हरू बजार असफलता र व्यवसायिक वातावरणसँग सम्बन्धित विभिन्न सीमितताहरुका कारण उल्लेखनीय चुनौतीहरूको सामना गरिरहेका छन।

"नेपाली मह मूल्य श्रृंखलाको लागि बजार पहुँच परियोजना नर्वे सरकारको आर्थिक सहयोगमा, UNIDO द्वारा अन्तर्राष्ट्रिय बजार पहुँच कार्यक्रम (GMAP) अन्तर्गत कार्यान्वयन गरिदै छ असमा कृषि तथा पशुपन्छी विकास मन्नालय (MoALD), नेपाल सरकारको तर्फबाट व्यावसायिक कीट विकास केन्द्र, परियोजनाको प्राविधिक साझीदारको रूपमा कार्यरत रहेको छ।