उद्देश्यहरू
परियोजनाको समग्र उद्देश्य भनेको लक्षित जिल्लाहरुमा उच्च गुणस्तरको मह बिक्री मार्फत साना किसान, MSMEs र मह प्रशोधनकर्ताहरुको औविकोपार्जनको अवसरहरूमा सुधार ल्याउनु हो। विशेषत परियोजनाले नेपाली महको घरेलु क्षेत्रीय र अन्तरर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। यो उद्देश्य निव आवश्यकतालाई सम्बोधन गर्ने राष्ट्रिय स्तरका हस्तक्षेपहरू मार्फत हासिल गरिन
नतिजा 1: राष्ट्रिय गुणस्तर पूर्वाधार प्रणालीको प्राविधिक दक्षता र दीगोपनमा अभिवृद्धि : यस अन्तर्गत, प्रमुख संस्थाहरू र सम्बन्धित सार्वजनिक-निजी सहयोगी संस्थाहरूको क्षमता अभिवृद्धि (असल अभ्यासहरू, सीप विकास, व्यवस्थापन प्रणालीको कार्यान्वयन, परीक्षण प्रयोगशालाहरूको स्तरोजति तथा उपकरण खरिद मार्फत संस्थागत सुढीकरण गरिनेछ, जसले सेवाहरुको गुणस्तर र अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्छ।
नतिजा २: MSMES को मापदण्ड र प्राविधिक नियमहरूमा अनुपालन क्षमतामा सुधार : यस अन्तर्गत, गुणस्तर र अनुपालन क्षमताको सुधार (तालिम र परामर्श मार्फत) तथा प्रमाणिकरणको तयारी, र मूल्य श्रृंखलाका सरोकारवालाबीच सहकार्य सुहद्ध गरिनेछ।
नतिजा ३ गुणस्तर संस्कृति सुदृढीकरण : मह मूल्य श्रृंखलामा जनचेतना अभिवृद्धि, ज्ञान प्रसारको बृहतिकरण, नीति विकासमा सहयोग, र मापदण्ड अनुपालनसम्बन्धी सूचित नीति निर्णयहरुलाई समर्थन गरिनेछ।

