कृषि पेशालाई व्यावसायिक रुपमा विकास गर्न कृषकहरुको श्रम तथा स्थानीय श्रोत साधनको सदुपयोग गरी आर्थिक विकासमा टेवा पुर्‍याउन औद्योगिक महत्वका रेशम, मौरी र च्याउ जस्ता बालीहरुको विकासको लागि उपयुक्त नीति निर्देशन एवं प्राविधिक सेवा विस्तार गर्ने उद्देश्यले वि.सं. २०५२/४/१ मा कृषि विभाग अन्तर्गत व्यावसायिक कीट विकास महाशाखाको रुपमा स्थापना भई सञ्‍चालन हुदै आएको थियो । यस क्रममा वि.सं. २०५७/४/१ देखि उक्त महाशाखा व्यावसायिक कीट विकास निर्देशनालयको रुपमा नामाकरण भई कार्यरत रही आएको थियो । देशको सङ्‌घीय नयाँ सांगठनिक संरचना अनुसार पुनः संरचना गर्ने क्रममा उक्त निर्देशनालयको समेत पुनः संरचना भई कृषि विभाग मातहत नै व्यावसायिक कीट विकास केन्द्र कायम भई तोकिएको कार्यादेशानुसार कार्यसम्पादन गर्दै आईरहेको छ ।

बहुसंख्यक श्रमजीवीहरुको आर्थिक एवं सामाजिक सुधार गर्न स्थानीय श्रोत परिचालन गरी स्थानीय विकास गर्नु सबैभन्दा महत्वपूर्ण र आधारभूत प्रक्रिया मानिएको सन्दर्भमा अशिक्षा, गरिबी र अन्य कतिपय कारणहरुले गर्दा अधिक श्रम जगेडा भई अनुत्पादक रुपमा रहेको श्रम साधनलाई उपयोगमा ल्याउन औद्योगिक श्रम प्रधान व्यावसाय भएको र कुल लगानीको करिब ६०% श्रम पारिवारिक प्रयासबाटै आपूर्ति हुने हुँदा यी बालीहरुको विकास गरी गुणस्तरीय रेशम, मह, मैन तथा च्याउजन्य वस्तुहरुको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन समेत गर्न सकिने उच्च सम्भावना रहेको छ । ग्रामीण क्षेत्रमा आयमूलक रोजगारीका अवसरहरु सिर्जना गर्न रेशम खेती, मौरी पालन र च्याउ खेतीलाई अघि बढाउने नीति अनुरुप व्यावसायिक कीट विकास केन्द्र अन्तर्गत रेशमखेती विकास कार्यक्रम, मौरीपालन विकास कार्यक्रम र च्याउखेती विकास कार्यक्रम गरी तीन प्रकारका कार्यक्रमहरु समाहित छन्। यी व्यावसायिक बालीहरुको विकासको लागि साविकको व्यावसायिक कीट विकास निर्देशनालय अन्तर्गत रेशमखेती विकास कार्यक्रम तर्फ सम्भाव्य भौगोलिक क्षेत्रका आधारमा विभिन्‍न ९ (नौ) वटा र मौरीपालन विकास कार्यक्रम तर्फ (२) दुई शाखा कार्यालयहरु सञ्‍चालनमा रहेका थिए । नयाँ संघीय संरचना अनुसार यस केन्द्र अन्तर्गत रेशम खेती तर्फ रेशम विकास केन्द्र, खोपासी र मौरी तर्फ मौरी विकास केन्द्र, गोदावरी गरी २ वटा फार्म मात्र राखी अरु सवै फार्म केन्द्रहरु सम्बन्धित प्रदेशमा हस्तान्तरण गरीएका छन् । च्याउखेती विकास कार्यक्रम तर्फ भने हालसम्म छुट्टै शाखाको स्थापना हुन सकेको छैन । यसरी स्थापित फार्म केन्द्रहरु, प्रदेशस्तरका फार्म केन्द्रहरु, स्थानीय निकायहरु र सम्बन्धित सरकारी तथा गैह्रसरकारी संघ/संस्थाहरू, कृषकहरुसँग आवद्ध भई व्यावसायिक कीट विकास कार्यक्रमहरु सञ्‍चालन हुदै आएका छन् ।

कार्यक्षेत्र

कृषि पेशालाई व्यावसायिक रुपमा विकास गर्न कृषकहरुको श्रम तथा स्थानीय श्रोतसाधनहरुको सदुपयोग गरी आर्थिक विकासमा टेवा पुर्‍याउन औद्योगिक महत्वका रेशम, मौरी र च्याउ जस्ता बालीहरुको विकासको लागि नीतिगत व्यवस्था तथा नियमन सम्बन्धी कार्य सम्पादन गर्न एवं प्राविधिक सेवा विस्तार गर्न व्यावसायिक कीट विकास केन्द्रको स्थापना भएको हो। यस केन्द्रको कार्यक्षेत्र भित्र व्यावसायिक कीट अन्तर्गत पर्ने रेशम, मौरी र च्याउ लगायतका बालीवस्तुहरु पर्दछन। यस केन्द्रलाई आफ्नो कार्यक्षेत्र अन्तर्गतको बाली वस्तुको प्रवर्द्धनका लागि देशको फोकल कार्यालयको रुपमा तोकिएको छ।

दृष्टि

देशको  भूगोल सुहाउँदो दिगो एवम् प्रतिस्पर्धी व्यावसायिक कीट क्षेत्रको विकास मार्फत रोजगारी सृजना, आयआर्जन वृद्धि एवम् पर्यावरणीय सेवा प्रवाह गरी आर्थिक वृद्धिलाई योगदान दिने ।

लक्ष्य

मौरी, रेशम, च्याउ लगायत व्यावसायिक कीटसँग सम्बन्धित बाली तथा वस्तुको उत्पादन प्रवर्द्धन गरी आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन गर्ने र यी बाली वस्तुको व्यावसायिकरण मार्फत रोजगारीको अवसरहरु सिर्जना गरी कृषक लगायत मूल्य-शृङ्‍खलाका पात्रहरुको आयस्तर बढाउने यस सँगठनको लक्ष्य रहेको छ।

व्यावसायिक कीट विकास केन्द्रको कार्य सम्पादन प्रक्रियाहरु

१. व्यवसायिक कीट विकास अन्तर्गत पर्ने मौरी, रेशम, च्याउ लगायतका बस्तुहरुको प्रवर्द्धनका लागि देशको फोकल कार्यालयको काम गर्ने ।

२. व्यवसायिक कीट सम्बद्ध संघिय संरचनामा पर्ने फार्मरकेन्द्रहरुलाई नीति तथा कार्यक्रमगत पृष्ठपोषण एवं व्यवस्थापकीय पक्षमा कृषि विभागलाई परामर्श उपलव्ध गराउने ।

३. मौरी, रेशम, च्याउ लगायतका बस्तुहरुको राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम तर्जुमा,संचालन तथा कार्यान्वयन व्यवस्था मिलाउने ।

४. मौरी, रेशम, च्याउ लगायतका बस्तुहरुको समग्र विकासका लागि मूल्य अभिबृद्धि शृंखलामा आधारित पद्धति अनुरुप अगाडी बढाउन मूल्य शृंखलाका संवाहकको पहिचान, क्षमता अभिबृद्धि, मूल प्रवाहीकरण गर्दै उपभोग योग्य बस्तु तयारी तथा बजारीकरणमा सहजीकरण गर्ने ।

५. मौरी, रेशम, च्याउ लगायतका बस्तुहरुको विकाससँग सम्बन्धित समस्या पहिचान, विश्लेषण तथा समाधानका लागि कृषि विभागलाई नीतिगत सुझाव पेश गर्ने ।

६. नेपाल कृषि अनुसन्धान परिषद, कृषि तथा वन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानलगायत राष्ट्रियरअन्तर्राष्ट्रिय संघरसंस्थाहरुसँगको सम्बन्ध र समन्वयमाव्यवसायिक कीट विकास शिक्षा(अनुसन्धान(प्रसारको अन्तरसम्बन्ध कायम गर्दै नविनतम प्रविधि प्रवर्द्धन तथा प्रसारणको व्यवस्था मिलाउने ।

७. व्यवसायिक कीट सम्बद्ध विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा एवं सम्बन्धित प्रसारण सामाग्रीहरुको उत्पादन तथा वितरणको व्यवस्था मिलाउने ।

८. व्यवसायिक कीट विकासमा संलग्न निजी तथा गैरसरकारी संस्थाहरुको तथ्याङ्क संकलन तथा राष्ट्रिय डाटावेश तयार एवं अद्यावधिक गर्ने ।

९. व्यवसायिक कीट विकास सम्बन्धी प्रवर्द्धन गर्ने नीति (रेशम, मौरी र च्याउ समेत), ऐन, नियम, निर्देशिका र कार्यविधिको मस्यौदा तयार गरी स्वीकृतीका लागि सम्बन्धित निकायमा समन्वय र पहल गर्ने ।

१०. मौरी, रेशम र च्याउसँग सम्बन्धित उत्पादन सामाग्री र उत्पादनहरुको गुणस्तर र मापदण्ड तयार एवं अद्यावधिक गर्ने ।

११. प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी मौरी, रेशम र च्याउसँग सम्बन्धित उत्पादन सामाग्रीको उपलव्धता र आपूर्तिको सुनिश्चितताको लागि स्रोत केन्द्रहरुको पहिचान तथा राष्ट्रिय वाशलात तयार गर्ने । 

१२. स्रोत केन्द्रहरुको अनुगमनरमूल्याङ्कनको आधारमा व्यवसाय दर्ता र खारेजीको आवश्यक व्यवस्था मिलाउने ।

१३. मौरी प्रवर्द्धन नीति 2073 मा व्यवस्था भएका विषयवस्तुको कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नियमहरुको निर्माण गरी पूर्ण कार्यान्वयनमा ल्याउन पहल गर्ने ।