नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

व्यावसायिक कीट विकास केन्द्र

हरिहरभवन, ललितपुर

उदेश्य

प्रकाशित मिति : 2023-08-07 02:11:02

व्यावसायिक कीट विकास केन्द्रको उदेश्य देहाय बमोजिम रहेको छ:

१. देशका विभिन्‍न भौगोलिक क्षेत्रमा सम्भाव्यताको आधारमा गुणस्तरीय मह, च्याउ, रेशम लगायत व्यावसायिक कीटजन्य बालीवस्तुहरुको उत्पादनमा वृद्धि ल्याउन उन्‍नत प्रविधिको विकास र विस्तार गरी कृषकको रोजगारी एवं आयस्तर बढाउन सहयोग पुर्‍याउने ।

 

२. मह, च्याउ, रेशम लगायत व्यावसायिक कीटजन्य बाली वस्तुहरुको गुणस्तरीय उत्पादन सामग्रीहरुको सुलभ उपलब्धता एवं उत्पादनको विविधिकरण तथा मूल्य अभिवृद्धि मार्फत आयात प्रतिस्थापन गरी आत्मनिर्भरता हासिल गर्नुको साथै निर्यात प्रवर्द्धन गर्ने ।

 

३. खाद्य सुरक्षाको लागि पर्यावरणीय सेवामा अभिवृद्धि गर्न मौरी लगायत अन्य किराहरुको संरक्षण एवं सम्बर्द्धन गर्ने।