नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

व्यावसायिक कीट विकास केन्द्र

हरिहरभवन, ललितपुर

कार्य विवरण

प्रकाशित मिति : 2023-08-07 02:12:10

व्यावसायिक कीट विकास केन्द्रको कार्य विवरण

१.  व्यावसायिक कीट विकास अन्तर्गत पर्ने मौरी, रेशम, च्याउ लगायतका वस्तुहरुको प्रवर्द्धनका लागि देशको फोकल कार्यालयको काम गर्ने ।

२. मौरी, रेशम, च्याउ लगायतका वस्तुहरुको समग्र विकासका लागि मूल्य अभिबृद्धि शृङ्‍खलामा आधारित पद्धति अनुरुप अगाडी बढाउन मूल्य शृङ्‍खलाका संवाहकको पहिचान, क्षमता, अभिबृद्धि, मूल प्रवाहीकरण गर्दै उपभोग योग्य वस्तु तयारी तथा बजारीकरणमा सहजीकरण गर्ने ।

३. मौरी, रेशम, च्याउ लगायतका वस्तुहरुको विकाससँग सम्बन्धित समस्या पहिचान, विश्‍लेषण तथा समाधानका लागि कृषि विभागलाई नीतिगत सुझाव पेश गर्ने ।

४. नेपाल कृषि अनुसन्धान परिषद, कृषि तथा वन विश्‍वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान,  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान लगायत राष्ट्रिय/अन्तराष्ट्रिय संघ/संस्थाहरूसंग शिक्षा-अनुसन्धान-प्रसारको अन्तरसम्बन्ध कायम गर्दै नविनतम प्रविधि प्रवर्द्धन तथा प्रसारणको व्यवस्था मिलाउने ।

५. व्यावसायिक कीट सम्बद्ध विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा एवं सम्बन्धित प्रसारण सामग्रीहरुको उत्पादन तथा वितरणको व्यवस्था मिलाउने ।

६. व्यावसायिक कीट विकासमा संलग्न निजी तथा गैरसरकारी संस्थाहरुको तथ्याङ्‍क संकलन तथा राष्ट्रिय डाटावेश तयार एवं अद्यावधिक गर्ने ।

७. व्यावसायिक कीट प्रवर्द्धन गर्ने नीति (रेशम, मौरी र च्याउ समेत), ऐन, नियम, निर्देशिका र कार्यविधिको मस्यौदा तयार गरी स्वीकृतका लागि सम्बन्धित निकायमा समन्वय र पहल गर्ने ।

८. मौरी, रेशम र च्याउसँग सम्बन्धित उत्पादन सामग्री र उत्पादनहरुको गुणस्तर र मापदण्ड तयार एवं अद्यावधिक गर्ने ।

९. प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी मौरी, रेशम र च्याउसँग सम्बन्धित उत्पादन सामग्रीको उपलव्धता र आपूर्तिको सुनिश्चितताको लागि श्रोत केन्द्रहरुको पहिचान तथा राष्ट्रिय वासलात तयार गर्ने।

१०. श्रोत केन्द्रहरुको अनुगमन/मूल्याङ्‌कनको आधारमा व्यावसाय दर्ता र खारेजीको आवश्यक व्यवस्था मिलाउने ।

११. मौरी प्रवर्द्धन नीति, २०७३ मा व्यवस्था भएका विषयवस्तुको कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नियमहरुको निर्माण गरी पूर्ण कार्यान्वयनमा ल्याउन पहल गर्ने ।