नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

व्यावसायिक कीट विकास केन्द्र

हरिहरभवन, ललितपुर

मौरी विकास केन्द्र

प्रकाशित मिति : 2023-08-07 02:23:32

 मौरी  विकास केन्द्र, गोदावरी


ऐतिहासिक पृष्ठभूमि

मौरीपालन व्यवसाय नेपालको पुर्ख्‍यौली पेशा हुनु, प्राकृतिक चरनको उपलब्धता, उपयुक्त हावापानी आदि कारणले मौरीपालन व्यवसायको प्रचुर संभावना देखिएको सन्दर्भमा यही व्यवसाय मार्फत गरिब जनताको जीवनस्तर उकास्नमा मद्दत पुगोस् भन्‍ने हेतुले मौरीपालन व्यवसायको विकास र विस्तारको जिम्मेवारी दिई तत्कालिन कृषि तथा सहकारी मन्त्रालय, कृषि विभाग अन्तर्गत मौरीपालन विकास शाखाको स्थापना भएको थियो । यस कार्यालयको स्थापना २०३७/२०३८ सालमा ×विशेष मौरीपालन कार्यक्रम भनि एउटा सानो एकाइको रुपमा रेशमखेती विकास शाखासँगै खोपासीमा भएको थियो । यसपछि तत्कालिन श्री ५ महाराजधिराज वीरेन्द्र सरकारबाट निर्देशन भए बमोजिम मौरीपालन कार्यक्रमलाई कृषि विभाग अन्तर्गत केन्द्रीयस्तरको कार्यालयको रुपमा ×मौरीपालन केन्द्रको नामबाट आ.व. २०४२/४३ मा गोदावरीमा स्थापना गरिएको हो । यस क्रममा कार्यालयको काम, प्रकृति र उद्देश्यलाई दृष्टिगत गरी आ.व. २०४९/०५० मा ×मौरीपालन केन्द्रको नाम परिवर्तन गरी ×मौरी विकास कार्यक्रम  राखियो । पुनः आ.व. २०५२/०५३ मा यस कार्यालयलाई व्यावसायिक कीट विकास निर्देशनालयको मातहतको शाखाको रुपमा कायम गरी ×मौरी विकास शाखा भनेर नामाकरण गरियो । तत्कालिन कृषि तथा सहकारी मन्त्रालय, कृषि विभागको स्वीकृत संरचना (आ.व.२०६१/०६२) अनुसार उक्त शाखाको परिमार्जित नाम ×मौरीपालन विकास शाखा रहेकोमा हालै स्वीकृत संघीय संरचना अनुसार पुनः संरचना भई कायम भएको संरचना बमोजिम मिति २०७४/४/१ देखी उक्त शाखा मौरी विकास केन्द्रको रुपमा नामाकरण भएको छ । ललितपुर जिल्लाको गोदावरी न.पा. वडा नं. २ को गोदावरीमा अवस्थित यो कार्यालय राष्ट्रिय वनस्पति उद्यान सँगै जोडिएको छ । जिल्ला सदरमुकामबाट ११.२ किलोमिटर दक्षिणपूर्वमा अवस्थित यो कार्यालय समुन्द्रसतहदेखि १५३० मिटर (५१०० फिट) को उचाइमा रहेको छ ।


उद्देश्य

मौरी विकास केन्द्रले दीर्घकालिन र अल्पकालिन रुपमा निम्न उद्देश्यहरु राखेको छ ।

दीर्घकालिन उद्देश्यहरुः

  • आयमूलक र रोजगारीमूलक कार्यक्रमको रुपमा परम्परागत मौरीपालनलाई सुधार गरी मौरीपालकहरुलाई सेवा, टेवा पुर्‍याइ गरिबी न्यूनिकरणमा सहयोग पुर्‍याउने ।
  • उन्‍नत मौरीपालन प्रविधिको विकास एवं प्रसारबाट मह र मौरीजन्य उपजहरुको उत्पादनमा वृद्धि ल्याउने ।
  • विभिन्‍न बालीनालीहरुमा मौरीद्वारा परागसेचन गराई उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने ।
  • महको उत्पादनमा मात्रात्मक तथा गुणात्मक वृद्धि गरी अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा सहयोग गर्ने ।

अल्पकालिन उद्देश्यहरु

  • मौरीपालनको उपयुक्त प्रविधिको विकास गर्ने ।
  • आवश्यक संगठनात्मक ढाँचाको विकास गर्ने ।
  • दक्ष जनशक्तिको विकास गर्ने ।
  • कृषकस्तरमा प्राविधिक सेवा÷सहयोग विस्तार गर्ने ।
  • विभिन्‍न सरकारी, नीजि तथा गैरसरकारी संघ संस्थाहरुसँग समन्वय राखी मौरीपालन कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी ढंगले परिचालन गर्ने ।
  • मौरीपालन कार्यक्रमलाई कृषक तथा उपभोक्ता वर्गसम्म परिचित गराउन व्यापक रुपमा प्रचारप्रसार सम्बन्धी कार्यक्रम सञ्‍चालन गर्ने ।

 


नीति एवं कार्यनीति

  • कृषकस्तरमा मौरीपालनको श्रोतकेन्द्र स्थापना गरी उन्‍नत मौरीपालन प्रविधिहरु हस्तान्तरण गर्ने र उक्त प्रविधिहरुको प्रचारप्रसारका लागि कृषकबाट कृषकमा पुर्‍याउने पद्दती अपनाउनुका साथै मौरी श्रोत विकास कार्यक्रमलाई निरन्तरता दिने ।
  • मौरीपालक कृषक तथा प्राविधिकहरुको अवसरको पहिचान गरी उनीहरुको ज्ञान र सीपको क्षमता अभिवृद्धि गर्ने। यसका लागि अध्यापन, तालिम, भ्रमणको व्यवस्था गर्ने ।
  • मौरीपालनका लागि उपयुक्त क्षेत्रको पहिचान गरी उन्‍नत मौरीगोलाको विकास, प्रर्वद्धन र प्रसार गर्ने (जस्तैः उपयुक्त क्षेत्रमा मौरीगोला स्थानान्तरण गर्ने)
  • मौरीजन्य उद्योग (मह प्रशोधन, मेसिन स्थापना आदि) स्थापना गर्न आवश्यकता र औचित्यता हेरी प्राविधिक सहयोग प्रदान गर्ने ।

रणनीति

  • मौरीपालनका लागि मौरीका जातहरुको क्षेत्र (तराई र भित्रि मधेशका लागि एपिस मेलिफेरा र पहाडका लागि एपिस सेराना) निर्धारण गरी मौरीपालनको विकास र विस्तार गर्ने ।
  • मौरी पकेट क्षेत्र छनौट गर्दा उपयुक्त बाली प्रणाली, फलफूल बगैचा, वनजंगल जस्ता मौरी चरन क्षेत्रसँग आवद्ध गर्दै मौरीपालन कार्यक्रमहरु सञ्‍चालन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने ।
  • महको पौष्टिक महत्व बारे जनचेतना अभिवृद्धि गरी उत्पादनकर्ता र उपभोक्ताहरुको संख्यामा वृद्धि गर्ने ।

 


कार्य विवरण

  • मौरीको प्रजाती संरक्षण, सम्वर्द्धन एवं वंश सुधारको लागि सरकारी, गैह्र सरकारी एवं निजी सरोकारवाला संघ सस्थाहरुसँग समन्वय गर्ने ।
  • मौरीपालन विकास र विस्तारको लागि राष्ट्रिय व्यावसायिक नीति तथा योजना तर्जुमामा व्यावसायिक कीट विकास केन्द्रलाई पृष्ठपोषण गर्ने ।
  • मौरी श्रोतकेन्द्रको स्तरोन्‍नतीका लागि तालिम, प्रविधि विस्तार, प्राविधिक सेवा टेवा तथा अनुगमन निरीक्षण लगायत आवश्यक गतिविधि संचालन गर्ने ।
  • नविनतम प्रविधिको उपयोग गरी मौरीपालन विकास र विस्तारको लागि उत्पादक कृषक एवं उद्यमीलाई तालिम प्रदान गर्ने ।
  • मौरी सम्वन्धी विषयमा विशेषज्ञ तथा प्रशिक्षण सेवा प्रदान गर्ने ।
  • मौरीपालन विकास र विस्तारका सम्वन्धमा कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र तथा स्थानीय तहसँग समन्वय एवं क्षमता अभिबृद्धि सम्बन्धी कार्य गर्ने ।
  • फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने।
  • मौरी सम्वन्धी समस्या समाधानका लागि कार्यमुखी (Action research) अध्ययन परीक्षण संचालन गर्ने ।
  • मौरीपालनसँग सम्वन्धित उन्‍नत प्रविधिको प्रदर्शन, प्रविधि विकास तथा विस्तार गर्ने ।
  • स्थानीय प्रजातिका मौरी संरक्षण, चरन संरक्षण, भौगोलिक चरन पात्रो तयारी, पात्रो अद्यावधिक र समृद्ध बनाउदै जैविक विविधता संरक्षणमा टेवा पुर्‍याउने ।
  • आम जनसमुदाय बीच मह सेवन र परागसेचन बारे जनचेतनामूलक गतिविधि परिचालन गर्ने ।
  • मौरी चरन क्षेत्रको पहिचान, सर्भे, संरक्षण र विस्तार गरी वातावरण संरक्षण र सम्बर्द्धन गर्ने ।
  • गुणस्तरीय मह बजारीकरणमा नेपाली महको प्रवर्द्धन गर्न आवश्यक गतिविधि संचालन गर्ने ।
  • प्रभावकारी योजना तर्जुमा, कार्यन्वयन तथा मूल्याङ्कनका लागि मौरीपालन क्षेत्र (मौरी श्रोत केन्द्र, मौरीगोला, कृषक व्यवसायी, मह उत्पादन र खपत) को डाटाबेस तयार तथा अद्यावधिक गर्ने ।
  • मौरीमा आधारित एपि टुरिजम विकास र विस्तारमा सहजीकरण गर्ने ।

थप जानकारीको लागि 

http://www.apidc.gov.np